यी हुन् आइपीओ निष्कासनको अनुमति पाएका कम्पनी, कसको कहिले आउँदै ?

काठमाडौं, १९ माघ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएका तीन कम्पनी प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका छन् ।

तीन मध्ये दुई कम्पनीको मिति तय भैसकेको छ भने एकले आयोजना प्रभावित स्थानियको लागि आइपीओ जारी गरि रहेको छ ।

बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई माघ ८ गते निष्कासन अनुमति दिएको हो । त्यस्तै, सिंगटी हाइड्रो कम्पनीलाई पुष २१ गते र ग्रीन लाइफ कम्पनीलाई माघ २ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

ती मध्ये ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण आइपीओ निष्कासन गर्न लागेको छ ।

निष्कासन गरिने कुल सेयर मध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ।

सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म निष्कासन हुने कमपनीले जनाएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

यो आइपीओमा स्थानीयले फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धका अनुसार पहिलो चरणको आइपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणको लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्ने योजना छ । कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेबाट निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कुल चार लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर वितरण हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिनेछ ।

कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।आइपीओ जारी गर्न लघुवित्तले यसअघि नै नेपाल एसबीआइ मचेन्ट बैंकिङलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here