शेयर बजार राताम्मै, ८ अर्ब २६ करोडको कारोबार हुँदा प्रभु लाइफमा पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बवजार राताम्मै भएको छ । आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत कम हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतबार इन्डेक्स ९.७३ अंकले घटेर ४३२.३३ अंकमा झर्यो ।

आइतबार कारोबारमा आएका मध्ये सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ४.४० प्रतिशत घट्यो । त्यस्तै, लघुवित्तको २.९२ प्रतिशत घट्यो ।

आज २०४ कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २६ करोड ५९ लाख रुपैयाँको कारोबार भयो ।

आइतबार प्रभु लाइफमा पोजेटिभ सर्किट लाग्यो । आज सबैभन्दा धेरै प्रभु लाइफका शेयर धनीले कमाए । प्रभु लाइफको शेयर ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, सगरमाथा इन्स्योरेन्सको ८.७३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्सका शेयर धनी छन् फाइनान्सको शेयर मूल्य ८.३० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ४३ करोड ४३ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here