‘टी प्लस टू’ व्यवस्थाको द्विविधाबारे बोल्यो धितोपत्र बोर्ड, यस्तो छ नयाँ निर्णय

काठमाडौं, १८ माघ । नेपाल धितोपत्र बोर्डले ‘टी प्लस टू’ व्यवस्थाको निर्देशनबारे द्विविधा सिर्जना भएको भन्दै त्यसलाई थप प्रष्ट पारेको छ ।

धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रिम लिनुपर्ने भन्दै सूचना सम्प्रेषण भएको भन्दै धितोपत्र बोर्डले त्यसको खण्डन गरेको हो ।

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पुरानै व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई गरिएको परिपत्रलाई विभिन्न समूहले तोडमोड गरी भ्रम फैलाइएको भनिएको छ ।

लगानीकर्ताहरुले लगानी गर्दा सामाजिक सञ्जाल र अपूर्ण र अपुष्ट समाचार र हल्लाको पछि नलागी सूचिकृत संस्थाको आधारभुत तथा प्राविधिक पक्षको राम्रोसंग अध्ययन गरि बिद्यमान व्यवस्थाअनुरुप नै लगानी गर्न बोर्डले बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टू हुनुपर्ने व्यवस्था लागू भइसकेको उल्लेख गर्दै बोर्डले लगानीकर्ताले खरिद गरेको सेयर र सेयर बिक्रीवापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस् भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको जनाएको छ ।

साथै उक्त कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल समेत भएको जनाएको छ ।

बोर्डले विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न अनुरोध गरेको छ ।

बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट थप प्रभावकारी भई धितोपत्र कारोवार अझै लगानीकर्तामैत्री हुने बोर्डले विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here