पुस्तकालय सहितको सैलुन चलाउने ‘मारियाप्पन’, पुस्तक पढ्नेलाई दिन्छन् छुट

काठमाडौं । सैलुन भन्ने वित्तिकै तपाईको मनमा झिलिमिली, हिरो हिरोनीको पोस्टर, भोजपरी वा हिन्दी गीत बजेको दृश्य आउन सक्छ ।

तर, भारतको तामिलनाडुमा एउटा यस्तो सैलुनपनि छ जहाँ माथि उल्लेखित कुनै सामग्री छैन् । त्यहाँ यी फ्यान्सी पोस्टरका सट्टामा ४०० भन्दा बढी पुस्तकहरू सहित एक मिनी पुस्तकालय छ ।

उक्त सैलुनका सञ्चालक हुन् पोन मारियाप्पन । विभिन्न क्षेत्र र भाषाका किताबहरु समावेश भएको यस पुस्तकालय सहितको सैलुनमा मारियाप्पनले एउटा अनौठो नियम पनि बनाएका छन् ।

मारियाप्पनले आफ्नै सैलुनमा कपाल काट्न आउने मान्छेल किताब पढेमा उसलाई कपाल काट्दा ३० प्रतिशत छुट समेत दिने गरेका छन् । यस कार्यको उदेश्य आफ्ना ग्राहकहरुलाई पढ्ने बानी जगाउने रहेको मारियाप्पनको भनाई छ ।

उनको यो कार्यको लागि विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्ने गरेका छन् । मारियाप्पनकै निर्वाचन क्षेत्रका सांसद कनिमोझीले पनि उनलाई ५० वटा पुस्तक सहयोग गरेका थिए ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here