होटल समुह चम्किँदा शेयर बजारमा हरियाली, ८ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १९ माघ । साताको पहिलो कारोबार दिन आराताम्मै भएको शेयर बजारमा सोमबार भने हरियाली भएको देखिएको छ । आज नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.५९ प्रतिशत बढी हो ।

सोमबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.९५ प्रतिशतले बढेर ४३७.२८ अंकमा पुग्यो ।

आज लघुवित्त र समुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । लघुवित्तको सूचक ०.६९ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै होट समुहको सूचक बढ्यो । होटलको सूचक ८.७६ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको ३.५९ प्रतिशत बढ्यो ।

सोमबार २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९७ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका मध्ये ८ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सोमबार सबैभन्दा धेरै पोग्रेसिभ फाइनान्स र सञ्चुरी बैंकका शेयर धनीले कमाए । दुवैको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, पोखरा फाइनान्सको ९.९६, प्रभु लाइफ इन्स्योरेन्सको ९.९५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै कालिका विकास बैंकका शेयर धनीले गुमाए । बैंकको शेयर मूल्य ७.२४ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । कम्पनीले ५८ करोड ३३ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here