महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त भएको छ ।

उक्त सम्झौतामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै महिला लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

उक्त कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीलााई जानकारी गराइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here