चन्द्रागिरी र इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार कहिलेबाट ?

काठमाडौं । आइपीओ निष्कासन गरेका नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार कहिलेबाट होला भन्ने धेरैमा चासो बढेको छ ।

आइपीओ भर्नेको संख्यामा रेर्कड राखेको इन्फ्रास्टक्चर बैंक र चन्द्रागिरी हिल्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रिया अघि बढाएकोे स्रोतले जनाएको छ ।

नेप्सेमा सूचीकरणका लागि शेयर रजिस्ट्रार कम्पनीहरुले आवश्यक कागजात प्रक्रिया सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेको जनाएको छ।

निफ्राभन्दा अघि सेयर निष्कासन गरेको चन्द्रागिरी हिल्सको शेयर सूचीकरणका लागि मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्झौता हुन गइरहेको शेयर निष्कासन र शेयर रजिस्ट्रारको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

यी दुवै कम्पनीका शेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने अपेक्षा गरिएको छ ।

इन्फ्रास्ट्रक्चर बैंक ले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । १६ गते आइपीओ शुक्रबार बाँडफाँड गरेको थियो । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाएका थिए ।

५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले ६० कित्ता शेयर पाएका थिए ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण शेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता शेयरको निष्कासन गरेको थियो ।

यो कम्पनीले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो । माघ १० गते बाँडफाँड गरेको थियो । जसमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले शेयर पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here