सिङ्गटी हाइड्रोपावरको आइपीओ भर्ने म्याद १५ दिन थप

काठमाडौं । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) हाल्ने समयावधि थप गरेको छ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले सेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ ।

प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म सेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौँलगायत विभिन्न क्षेत्रमा रहेकाले सेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत सेयर छुट्याएको छ ।

प्रभावित क्षेत्रका स्थानीयवासीका लागि सेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here