कति होला चन्द्रागिरी हिल्सको आइपिओ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म निष्काशन तथा बिक्री खुल्ला भएको चन्द्रागिरी हिल्सले गत माघ ९ गते शुक्रबार आइपिओ बाँडफाँड गर्यो ।

पछिल्लो समय चन्द्रागिरी हिल्सको आइपिओ ओपनिङ्ग रेञ्ज कति होला सबैको चासोको विषय बनेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको आर्थिक वर्ष २०७५÷७६ को प्रतिसेयर नेटवर्थ ९६ रूपैयाँ ६९ पैसा थियो । त्यस नेटवर्थको अनुसार त्यसको ३ गुणा २९० रुपैयाँ ७ पैसा हुन्छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएको थियो भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदनले स्वीकृत पाएका थिए ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाए । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here