माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता, चप्पल तथा व्यापार मेला

काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएका हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान FMAN Footwear Business Expo २०७७ माघ २१ देखि २०७७ फाल्गुण्न १० गते सम्म प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्न लागिएकोे आज एक कार्यक्रमको अयोजना गरेर बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गत वर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आम उपभोक्तालाई पर्न गएको असरलाई मध्य नजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं ।’

फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here