एभरेष्ट लिंकको सेवा बिस्तार

क्लाउडपत्रिका

काठमाडौं । फागुन—उच्च हिमाली र अति दुर्गम भेगमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एभरेष्ट लिंक कम्पनीले सेवा बिस्तार गरेको छ । चार बर्ष अघि सगरमाथा क्षेत्रबाट इन्टरनेट सेवा शुरु गरेको एभरेष्ट लिंकले पर्यटकीय गन्तब्यलाई ध्यान दिदै अन्य भेगमा पनि सेवा दिन थालेको हो ।

सगरमाथा आधार शिबिरसम्म इन्टरनेट प्रयोग गर्न पाएका पदयात्रीहरु तथा स्थानीयबासीहरु सेकेण्डमै संसारभर जोडिन पाउदा खुशी छन् । एभरेष्ट लिंकले सोलुखुम्बुको ब्यस्त पदमार्ग मेरा पिक, सगरमाथा र मकालु पदमार्गलाई जोड्नेक्षेत्र मकालु गाउपालिकामा पर्ने बुङ,छेस्काम र गुदेल गाउमा इन्टरनेट सेवा बिस्तार भएको छ ।

त्यसैगरी कम्पनीले सगरमाथा भित्रकै आर्कषक र प्रख्यात गन्तब्य गोकयो भ्यालीमा पनि सेवा बिस्तार गरेको छ । मेरा पिकमा बर्षेनी हजारौं पर्यटकहरु पदयात्रा गर्न र मेरा पिक चढ्न जान्छन् । मेरापिकमा एभरेष्ट लिंकको इन्टरनेट सेवा शुरु भएपछि पर्यटकहरु सुरक्षित महसुस गर्न थालेका छन् ।

एभरेष्ट लिंकले रसुवाको लाङटाङ, गोरखाको मनास्लुक्षेत्र र आधारशिबिरसम्म इन्टरनेट सेवा दिन थालेको छ । त्यसैगरी माथिल्लो मुस्ताङ पदमार्गमा पनि सेवा प्रदान गरेको छ । एभरेष्ट लिंकले उच्च हिमाली र अति बिकट गाउहरुमा इन्टरनेट सेवा दिन थालेपनि बिदेशी पर्यटकहरु पदयात्राका रमाइला गतिबिधिहरु छिनभरमै बिभिन्न सामाजिक संजालबाट भिडियो,फोटो सेयर गरेर देशको पर्यटनबजारलाई बिस्तार गर्न सफल भएका छन् ।

अति दुर्गम भेगका स्थानीयहरुले पनि बैदेशीक रोजगारमा गएका परिवारसग सजिलै इन्टरनेटमार्फ भिडियो कल गरेर बर्षेदेखि परिवारबाट टाढा बसे पनि साथै बसेको अनुभूति गर्न पाएका छन् । लाङटाङ पदमार्गमा पर्ने क्याङजिङ गुम्बा एरियासम्म एभरेष्ट लिंकको इन्टरनेट सेवा बिस्तार भएको छ ।

उच्च हिमाली र बिकट गाउ“मा एभरेष्ट लिंकले इन्टरनेट सेवा दिन थालेपनि नेपाल आउने लाखौं पर्यटकहरुले पदयात्रा सुरक्षित भएको महसुस गरेका छन् । परिवार,साथीभाइ तथा कार्यालमा सम्पर्क स्थापित गर्न पाएका छन् । एभरेष्ट लिंकले सगरमाथाक्षेत्रमा जाने पदयात्री तथा पर्बतारोहीहरुलाई सुरक्षानुभूतिका लागि गत नोेभेम्बरबाट हेल्लो डाक्टर सेवा शुरु गरीसकेको छ । यो अनलाई सेवा हो ।

यसबाट उच्च हिमाली भेगमा जाने पर्यटकहरुको सुरक्षा का लागि यो सेवा शुरु गरेको एभरेष्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरीङ ग्याल्जेन शेर्पाले जानकारी दिए । एभरेष्ट लिंकको प्रिपेड कार्डमार्फ सेवा लिन पाइन्छ ।

एभरेष्ट लिंकले निकट भबिष्यमा सगरमाथा र मकालु जोडने माहाकुलुङक्षेत्रमा अनलाइन शिक्षा प्रदान गर्ने तयारी थालेको छ । यसले अति दुर्गम र उच्च हिमालीभेगका बासिन्दहरुका बच्चाहरुले अनलाइनबाटै गुणस्तरीय र सुलभ शिक्षा लिन पाउने, शेर्पाले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here