कति पाउला इन्फ्रास्ट्रक्चर बैंकको आइपीओले ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । हालसम्मकै ठूलो आइपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोश्रो बजारमा कारोबारको तयारी अघि बढाएको छ ।

आइपीओ भर्नेको संख्यामा रेर्कड राखेको इन्फ्रास्टक्चर बैंकले सूचीकरणको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।

कम्पनीले आवश्यक कागजात प्रक्रिया सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेको जनाएको छ। बाँडफाँड भएदेखि हाल प्राय सबै लगानीकर्तामा निफ्राको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ ।

नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/ ७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

इन्फ्रास्ट्रक्चर बैंक ले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । १६ गते आइपीओ शुक्रबार बाँडफाँड गरेको थियो । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाएका थिए ।

५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले ६० कित्ता शेयर पाएका थिए ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण शेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here