प्रतिघण्टा ९० करोड कमाउने अम्बानी !

काठमाडौं । भारतका खर्बपति मुकेस अम्बानीले कोरोना महामारीबीच भएको लकडाउनको हरेक घण्टा ९० करोड भारु कमाएका छन् ।

कोरोनाको कारण विश्व अर्थतन्त्र धारासाही बनेको समयमा पनि रिलायन्स इन्डस्ट्रीजका प्रमुख अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएको रिपोर्ट सार्वजनिक भएको हो ।

मुकेश अम्बानीले लकडाउनको एक घण्टामा कमाएको रकम आर्जन गर्न एउटा सामान्य अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्ने पनि अक्सफामको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अक्सफामको प्रतिवेदन ‘इनइक्वालिटी भाइरस’का अनुसार सन् २०२० मार्चपछि भारतमा सय जना अर्बपतिको सम्पत्तिमा १ सय २९ खर्ब भारु बढेको देखिएको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here