शेयर बजारमा नयाँ रेकर्ड, १४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, माघ २० । साताको तेस्रो कारोबार दिन आज शेयर बजारको नेप्से अंकमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै धेरै अंक हो ।

आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलबार सेन्सेटिभ इन्डक्स १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुग्यो यो पनि नयाँ रेकर्ड हो ।

मंगलबार होटल बाहेक अन्य सबै समुहको सूचक बढ्यो । होटलको सूचक २.८५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवन बीमाको शेयर ५.०४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ४.०७ प्रतिशत, लघुवित्तको ३.८० प्रतिशत बढ्यो ।

आज २०० कम्पनीको १ करोड ५० लाख ६३ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४६ करोड ५४ लाखको कारोबार भयो ।

मंगलबार १४ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आज सबैभन्दा धेरै प्रभुलाइफ इन्स्योरेन्स र यूनाईटेड फाइनान्सका शेयर धनीले कमाए । दुवैको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा ओरन्टीएर होटलका शेयर धनी छन् । होटलको शेयर मूल्य ४.१५ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । कम्पनीले ५७ करोड ७ लाख ८७ हजारको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here