प्रदेशमा ब्रोकर लाइसेन्स खुला गर्न लुम्बिनी प्रदेशका लगानीकर्ताको माग

काठमाडौं २०, माघ । लुम्बिनी प्रदेशका सेयर लगानीकर्ताले प्रदेश स्तरमा काम गर्ने गरी नयाँ ब्रोकर लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रदेश ५ सेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा उक्त माग गरेको हो । लगानीकर्ताले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स उपलब्ध गराउन, धितोपत्र बोर्ड र नेप्सेको प्रादेशिक संरचना निर्माण गर्न, पूर्ण स्वचालित अनलाइन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन पनि माग गरेका छन् ।

समयमै वित्तीय विवरण सार्वजनिक नगर्ने, साधारणसभा नगर्ने कम्पनीलाई कारवाही गर्न, लीलाम सेयर अनलाइनमार्फत खरिद गर्न पाइने व्यवस्था गर्न पनि माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here