लाेकसेवाले माग्याे स्थानीय तहकाे लागि नाै हजार बढी कर्मचारी

काठमाडौ, १५ जेठ । लोक सेवा आयोगले एकैपटक नौहजार भन्दा धेरै कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ ।

आयोगले सबै स्थानीय तहहरुमा रिक्त रहेका पदहरु उल्लेख गर्दै आवश्यक प्राविधिक र अप्राविधिक दुबै किसिमका गरी जम्मा नाै हजार एक सय ६१ पदका लागि बुधबारको गोरखापत्रमा विज्ञापन गरेको हो ।

आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ ।

कुत तहमा कुन पदमा कति विज्ञापन छ भनेर आयोगकाे वेवसाइट www.psc.gov.np बाट पनि विस्तृतमा हेर्न सकिन्छ ।

विज्ञापन गरीएका पदहरुमा योग्य उम्मेदवारले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम मिति असार ३ गतेलाई तोकिएको छ । त्यस्तै असार ३ पछि १० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिनेछ ।

कति छ दस्तुर ?

आयोगले अनलाइनबाट मात्रै दरखास्त बुझाउन मिल्ने बताएकाे छ । अनलाइनमार्फत नै दस्तुर भुक्तानी गरेर फर्म बुझाउन सकिने छ ।

तह ६ का लागि खुलातर्फ १००० रुपैयाँ र समावेशी तर्फ ४०० रुपैयाँ दस्तुर लाग्नेछ । त्यस्तै, तह ५ का लागि खुलातर्फ ४०० रुपैयाँ र समावेशी तर्फ २०० तोकिएको छ भने तह ४ का लागि खुलातर्फ ३००
रुपैयाँ समावेशी तर्फ १५० रुपैयाँ तोकिएको छ ।

उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनका तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा पिडिएफ फरम्याटमा अपलोड गर्नुपर्नेछ ।

उमेरको हकमा तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २०७६३३ सम्म २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४ ० वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला स्थायी निजामति कर्मचारीको हकमा भने उमेर हद लाग्नेछैन ।

अनलाइन मार्फत दरखास्त बुझाउने विधि www.psconline.psc.gov.np बाट विस्तृतमा हेर्न सकिने पनि आयोगले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here