शेयर बजार २५०० बिन्दुमाथी

काठमाडौं । बुधबार बजार खुलेको केही समयमा नै शेयर बजारले २५०० को बिन्दु पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको दुई मिनेटमै एतिहासिक विन्दु पार गरेको हो ।

आज नेप्से परिसूचक ४२.८७ अंकले बढेसंगै बजार २५१६ अंकमा पुगेको छ ।

अहिलेसम्म क वर्गका कम्पनीका मापम सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले बढेर ४५४.४८ अंकमा पुगेको छ ।

११० कम्पनीको २ लाख ४९ हजार ७३८ कित्ता किनबेच हुँदा अहिलेसम्म १६ करोड ३ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here