बुक विल्डिङ मार्फत आउने सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणलाई कति कित्ता ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने तयारी थालेको छ ।

सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६ गते बसेको दोस्रो वार्षिक साधारण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव पारितगरि सकेको छ ।

साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिने स्रोतको भनाइ छ ।

चैत्रको पहिलो हप्ता भित्र आइपीओ निष्काशन गर्न तयारी रहेको छ । ३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजी भएकोआइपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

के हो बुक बिल्डिङ ?

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । यस विधिबाट आइपीओ जारी गर्दा बोलकबोल विधिबाट गरिन्छ ।

यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनका बेला विभिन्न सम्भाव्य लगानीकर्ताबाट बोलपत्र आह्वान गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् ।

लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्दछन् ।

अख्तियार प्राप्त संस्थाहरुले आइपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आइपीओको मूल्य निधारण हुन्छ ।

बुक बिल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्वीकार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here