शेयर बजार घट्यो, साढे ८ अर्बको कारोबार हुदाँ ४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २१ माघ । साताको चौंथो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । बजार खुलेको केही समयमै २५०० अंक पार गरेको शेयर बजार कारोबार बन्द हुने समयसम्ममा घटेको हो ।

बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा झरेको हो । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको हो ।

आज जलविद्युत, सामुहिक लगानी कोष, बैंकिङ्ग र लघुवित्त बोहक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.०४ प्रतिशत बढ्यो । त्यस्तै, सामुहिक लगानी कोष समुहको ०.३८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक २.२१ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्स समुहको १.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको १.६५ प्रतिशत घट्यो ।

बुधबार २०१ कम्पनीको २ करोड ६ लाख ३८ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८२ करोडको कारोबार भयो ।

आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, जनउत्थान लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमानेमा पोखरा फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ७.८८ प्रतिशत घट्यो । त्यस्तै, नारायणी विकास बैंकको ४.३९ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकले गर्यो । बैंकले ५६ करोड १९ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here