चन्द्रागिरी हिल्सको आइपीओ सेयरधनीको खातामा, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं, २२ माघ । चन्द्रागिरी हिल्सको आइपीओ सेयरधनीको खातामा आएको छ । सिडीएससीले बुधबारदेखि लगानीकर्ताको खातामा सेयर पठाउन थालेको हो ।

अब नेप्सेमा कम्पनीको सेयर सुचिकृत भएसंगै कारोबार हुने छ । कम्पनीको शेयर ऋन्ज् सिम्बलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.९९ देखि २९०.०७ को रेन्ज दिने सम्भावना छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको सेयर CGH सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएको थियो भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदनले स्वीकृत पाएका थिए ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाए । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here