सामान्य अंकले बढ्यो नेप्से, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि

काठमाडौं, २२ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से ८.३४ अंकले बढेर २४७५. २६ विन्दुमा पुगेको छ ।

यसदिन २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् ।

कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ ।

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै २७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा डेप्रोक्स लघुवित्तको २४ करोड र ग्लोबल आइएमई बैंक २० करोड सहित शीर्ष तीनमा रहे ।

आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिएका छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषण गरेकाले लगानीकर्ता आकर्षित भएका हुन् ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

सूयोदय, समिट, जनउत्थान, महुली सामुदायिक, नेशनल, उन्नति सहकार्य, किसान, सपोर्ट, ग्रामीण विकास र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधि हाइड्रो, माउन्टेन हाइड्रो, पाँथथर पावर र वरुण हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here