‘हामीलाई किन चाहियो बास्मती,लालकिला, इण्डिया गेट चामल, पौष्टिक तत्व कम हुन्छ’

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले खाद्यान्न अभाव भएर होइन आदत बिग्रिएर पौष्टिकता नै नभएको चामल भारतबाट आयात गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् ।

हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका बताए । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’

हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो ?’ ‘यसरी आयात गर्ने प्रवृति बदल्नुपर्छ’ प्रधानमन्त्रीको भनाई छ ।

उनले जमिन बाँझो राख्ने प्रवृत्ति पनि रोक्नुपर्ने भन्दै कृषिका नाममा अनुदान लिएर दुरुपयोग भइरहेकाले सरकारले त्यस्तालाई कडाइ गर्ने बताए ।

‘केही टाठाबाठाहरूले कागज र श्रेस्ता मिलाएर कृषिको नाममा करोडौं अनुदान लिइरहेका छन्। जसले करोडौं अनुदान लिएका छन्, तिनले कृषिकर्म गरेका छैनन्,’ प्रधानमन्त्री ओलीले भने,’ केही टाठाबाठाले मात्रै अनुदान लिएर कृषि कर्म नगर्ने चलनको अन्त्य गनुपर्छ ।

अब अनुदान सामूहिक रूपमा दिइनेछ।” कृषिजन्य आयात गर्नेमा भन्दा उत्पादन गर्नतर्फ लाग्न किसान संघलाई निर्देशनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here