ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ खुल्यो, १० कित्ता पाउन भाग्यकै भर

काठमाडौं, २३ माघ । काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आज कार्यालय समयदेखि विक्री खुला हुने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको हो ।

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ३२ करोड ५१ लाख ६५२ कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा करिब १५ लाखले आवेदन दिँदै आएका छन् ।

सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्तँका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here