महिला लघुवित्तको आइपीओ निष्काशन मिति पछि सर्‍यो

काठमाडौं, २३ माघ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन मिति पछि सरेको छ ।

शुक्रबार एक सूचना जरी गर्दै लघुवित्तले सीडीएस एण्ड क्लियरिङ्गले प्राविधिक कारण देखाउँदै मिति सारेको हो ।

प्राविधिक कारण देखाउँदै कम्पीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको र सोही अनुसार माघ ३० गते देखि आइपीओ जारी गर्ने जानकारी गराएको छ ।

यस अघि माघ २८ गतेदेखि खुल्ने भनिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्काशन हुने कुल ४ लाख कित्तामध्ये ०।५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here