सिटिईभिटीले प्रमाणीत गर्यो ३८ सीप परीक्षण केन्द्र, कुन प्रदेशमा कति ?

सांकेतिक तस्वीर

काठमाडौं, १५ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीईभिटी) ले देशभर ३८ वटा संस्थालाई सीप परीक्षण केन्द्रको रुपमा प्रमाणीकरण गरेको छ ।

प्रमाणीकरण भएका संस्थाबाट कम्तीमा ५ विभिन्न सीपको परीक्षण गराउन सकिनेछ । ती परीक्षण केन्द्रमा स्विकृत पेशा वा व्यावसायको परीक्षण गराइ सिटिईभीटीको सीप परिक्षण प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

विशेषगरी कुक, वेटर, बारटेण्डर, हाउसकिपिङ, बेकर, मेसन, मोटरसाइकल मेकानिक्स, कम्प्युटर हार्डवेयर टेक्निसियन, मोबाइल फोन रिपेयर, प्लम्बर, ब्युटिसियन, टेलरिङ, कार्पेन्टर, भेटनरी जेटिए लगायत विभिन्न खालका सीप ती केन्द्रबाट परीक्षण गराउन सकिन्छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति र नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणालीले संयुक्त रुपमा ती केन्द्रहरुलाई प्रमाणीकरण गरेका हुन् ।

आवेदन दिएका परीक्षण केन्द्रहरुमध्ये प्रमाणीकरण निर्देशिकाले तोकेको मापदण्ड पुगेका ३८ वटा केन्द्रहरु मात्रै प्रमाणीकरण भएका हुन् ।

सातवटै प्रदेशमा रहेको सीप परिक्षण केन्द्रहरु प्रमाणीकरण भएका छन् ।

जसमध्ये प्रदेश नम्बर १ मा ७, प्रदेश २ मा २, प्रदेश ३ मा १३, गण्डकी प्रदेशमा ७, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम प्रदेशमा २ वटा केन्द्र रहेको सिटिईभिटीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here