चन्द्रागिरीको शेयर आइतबारबाट कारोबार हुने, कति पयो ओपनिङ्ग रेञ्ज ?

काठमाडौं, २३ माघ । चन्द्रागिरी हिल्सको सेयर नेपाल स्टक एक्सचेन्जमा (नेप्सेमा) सूचीकृत भएको छ ।

नेप्सेमा सुचिकृत भएको कम्पनीको शेयर आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ। चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.९९ देखि २९०.०७ रेन्ज तोकेको छ ।

आइतबार प्रिओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको शेयर किनबेच भयो भने नियमित समयमा कारोबार खुला हुनेछ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको सेयर CGH सिम्बलबाट कारोबार हुनेछ । नेप्सेले चन्द्रागिरी हिल्सलाई अन्य(अदर्स) सेक्टरमा समावेश गरेका जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भईसकेको छ ।

यस संगै चन्द्रागिरी हिल्सका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएको थियो भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदनले स्वीकृत पाएका थिए ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाए । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here