तीन खानलाई पछाडि पार्दै विज्ञापनबाट धेरै कमाउने बलिउड नायक बने अक्षय

काठमाडौं, १५ जेठ । केहि समय अघिसम्म भारतीय सिनेमा होस् वा विज्ञापन चर्चा र कमाईको हिसाबले तीन खान सबैभन्दा अगाडि हुने गर्थे ।

शाहरुख, सलमान र आमिर खानको फिल्म त हिट हुन्थ्यो नै उनीहरुले विज्ञापन खेलेर समेत भरमार पैसा कमाउने गर्थे तर, अहिले अवस्था परिवर्तन भएको छ ।

यी तीन खानको फिल्म फ्लप हुन मात्रै थालेको छैन कमाई पनि घट्न थालेको छ । अक्षय कुमारले अभिनय गरेका धेरै फिल्महरु भने हिट हुन थालेका छन् ।

यससँगै अक्षय बक्स अफिसमा मात्रै नभएर विज्ञापनको क्षेत्रमा पनि सफल देखिएका छन् ।

भारतमा हालसालै भएको एक सर्वेक्षण अनुसार अक्षयकुमारले सन् २०१८ मा १ सय करोड भारतीय रुपैयाँ विभिन्न ब्राण्डको विज्ञापनबाट मात्रै कमाएका थिए ।

त्यस्तै, विज्ञापनबाट धेरै पैसा कमाउने दोस्रो र तेस्रो स्थानमा रणवीर सिंह र दीपिका पादुकोणको जोडी रहेको छ । रणवीरले विज्ञापन खेलेर ८४ करोड भारतीय रुपैयाँ कमाउँदा दीपिकाले विज्ञापनबाट ७५ करोड कमाइन् ।

चौंथो नम्बरमा भने अमिताभ बच्चन रहेका छन् । उनले सन् २०१८ मा विज्ञापनबाट ७२ करोड कमाई गरेका छन् । पाँचौ नम्बरमा भने आलिया भट्ट रहेकी छिन् ।

वि ज्ञापनबाट सन् २०१८ मा ५६ करोड भारतीय रुपैयाँ कमाउँदै शाहरुख सूचीको छैठौं स्थानमा पर्न सफल भए भने ४० करोड भारतीय रुपैयाँ कमाउँदै सलमान आठौं स्थानमा रहेको बताइएको छ । (एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here