प्रिमियम मूल्यमा निष्कासनको अनुमति पाएको रुरुको आइपीओ मूल्य प्रतिकित्ता कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थपेर आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै गत असार २५ गते बोर्डमा निवेदन दिएको थियो । त्यसको ७ महिनापछि बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि भने प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्ने छ ।

कम्पनीले यसअघि नै आइपीओ निष्काशन गर्न एनएमबी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड-३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here