लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मिए, दर्जनबढी कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २५ माघ । साताको धितोपत्र कारोबारको पहिलो दिन आइतबार लघुवित्त समूहमा उछाल आएको छ।

आइतबार ११:४५ बजेसम्म ११ लघुवित्त कम्पनीहरुमा पोजेटिभ सर्किट लागिसकेको छ।

दोस्रो त्रैमासमा राम्रो नतिजा सार्वजनिक गरेसँग लघुवित्त संस्थाहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको छ। अहिले बजार लघुवित्त संस्थाहरुको सेयर बेच्ने भन्दा किन्ने धेरै देखिएका छन् ।

जसअनुसार गणपति, डेप्रोक र स्वाभिमान लघुवित्तमा १० प्रतिशत तथा डेप्रोक्स, सूर्योदय, महुली सामुदायिक, किसान, फस्ट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक, समिट र ग्रामीण विकास लघुवित्तका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here