किन राखिन्छ क्रिमवाला बिस्कुटमा सानो सानो प्वाल ?

काठमाडौं । हामी मध्ये सायदै कोही छौं होला जस्ले जीवनमा बिस्कुट खाएको छैन् ।

प्राय हाम्रो विहान वा दिउँसोको खाजामा बिस्कुट समावेश भएकै हुन्छ । आजभोलि बिस्कुटको पनि विभिन्न डाजाइन निस्कन थालेको छ । जसमा बिचमा क्रिम भएको बिस्कुटमा सानो सानो प्वाल हुन्छ ।

तपाईंले यो विषयमा कहिल्यै ध्यान दिनु भएको छ आखिर किन हुन्छ छ बिस्कुटमा साना साना प्वाल ?

धेरै मानिसहरुले यो पनि एक डिजाइन नै हो भन्ने सोच्ने गर्छन् तर यो कुरा बास्तविक भने होइन् ।

क्रिम भएको बिस्कुटमा भएको सानो सानो प्वाल वाफ जानको लागि राखिएको हो ।

बिस्कुट बनाएको समयमा बिस्कुटमा राखेको क्रिम तातो हुन्छ । उक्त तातो वाफ बिस्कुटबाट निस्कने प्वाल नभएमा बिस्कुट फुट्ने हुनाले क्रिम भएको बिस्कुटमा प्वाल राखिएको हो ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here