मदन भण्डारी विश्वविद्यालयको लागि १ अर्ब ५० करोड, दिवा खाजामा ५ अर्ब ९५ करोड

काठमाडाैं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संसद प्रस्तुत गरेका छन् ।

बजेटमा सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५० करोड विनियोजन गरेको
अर्थमन्त्रीले बताएका छन् ।

त्यस्तै विद्यालयमा छात्राहरूलाई सेनेटरी प्याड निशुल्क वितरण गरिने अर्थमन्त्री घाेषणा समेत सरकारले गरेकाे छ ।

दिवा खाजामा सरकारले ५ अर्ब ९५ करोड विनियोजन गरेका छ । उक्त रकम बालबालिकाका आमा मार्फत रकम उपलब्ध गराइने अर्थमन्त्री खतिवडाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here