सेयर बजारमा उछाल, यी हुन् ९ प्रतिशतभन्दा धेरै बढेको २५ कम्पनी

काठमाडौं, २५ माघ । पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाली सेयर बजार आइतबार पनि बढ्दो क्रममा नै छ ।

आइतबार १:४५ बजेसम्म ५ लघुवित्त कम्पनीहरुमा कारोबार नै रोकिने गरि पोजेटिभ सर्किट लागेको छ भने अन्य २० कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

डेप्रोक, आरएसडी, गनपति, मेरो र सारथी नेपाल लघुत्तिको सेयर मुल्य १० प्रतिशतले बढेको छ । यसका अलावा २० कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यो समाचार तयार पर्दा नेप्से परिसूचक नेप्से ३८.७९ अंकले बढेर २५१४. ५ विन्दुमा पुगेको छ ।

१९९कम्पनीको १ करोड ८ लाख ३२ हजार ५ सय ९ कित्ता सेयर७२३२ लाख ८ हजार २३२ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ३वटा समूह घटेका छन् भने अन्य ९ समूह बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here