सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लघुवित्तका लगानीकर्ता मालामाल

काठमाडौं, २५ माघ । सेयर बजारमा आइतवार दुई नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

एकै दिनमा १० अर्ब बढीको रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । साताको पहिलो दिन आइतबार नेप्से ४८.७४ अंकले बढेर २५२४ विन्दुमा पुगेको छ ।

यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २१ गते बुधबार नेप्से २५१५.११ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, आज नेप्सेमा सर्वाधिक कारोबार भएको छ । आज नेप्सेमा १० अर्ब ४४ करोडको कारोबार भएको हो ।

यसअघि २०७७ माघ १५ गते बिहिबार नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो । यसदिन २०२ कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।

१० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने अन्य ९ समूह बढेका छन् ।

यस दिन बैंकिङ समूह ३.७ अंकले घटेको छ। साथै विकास बैंक समूह १ अंकमुनि रातो रह्यो।

तीबाहेकका सबै समूह बढेका छन्। ब्यापार ८२, होटल २७, जलविद्युत ५९, फाइनान्स १६, निर्जीवन बीमा ४९०, जीवन बीमा ५७२, उत्पादन ४१, अन्य ५३ र माइक्रोफाइनान्स समूह ३३४ अंकले बढेका छन्।

आज अधिकाशं लघुवित्त कम्पनीको मूल्यमा उछाल आएको छ । उच्च शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा गणपति माइक्रोफाइनान्स वित्तिय संस्था, डिप्रोस लघुवित्त वित्तिय संस्था, मञ्जुश्री फाइनान्स, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसि लघुवित्त र समिट लघुवित्ति वित्तिय संस्था रहेका छन् ।

त्यस्तै, आन आरम्भ चौतारी लघुवित्त, सपोर्ट लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सुर्योदय लघुवित्त, उन्नती सहकार्य लघुवित्त, महुली लघुवित्त, इन्फिनिटी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, किसान लघुवित्त, सामुदायिक लघुवित्त र ग्रामिण विकास लघुवित्तका लगानीकर्ता मालामाल भएका छन् ।

त्यसैगरि, आज फस्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला लघुवित्त वित्तिय संस्था, मिर्मिरे माइक्रोफाइनान्स, घलेम्दी हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी र निर्धन उत्थान लघुवित्तका लगानीकर्ता मालामाल भएका छन् । जसको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेका छन् ।

सम्बन्धित समाचार

चन्द्रागिरी हिल्सको सेयर किन्नेको ओइरो, सबै बेचे पनि धान्न नसक्ने माग !

लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मिए, दर्जनबढी कम्पनीमा पोजेटिभ सर्किट

कतिमा भयो चन्द्रागिरी हिल्सको पहिलो कारोबार ?

प्रिमियम मूल्यमा निष्कासनको अनुमति पाएको रुरुको आइपीओ मूल्य प्रतिकित्ता कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here