१७ वर्षअघि शुरु भएको मेलम्चीलाई फेरी ७ अर्ब ३९ करोड

फाइलफोटो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएका छन् । सन् २००२ मा शुरु भएर २००७ मा सकिनु पर्ने यो आयोजना अझै सकिएको छैन ।

आयोजनाको ठेकेदार इटालेली कम्पनी सीएमसीले काम बीचैमा छाडेर भागेपछि आयोजना अन्यौलमा छ भने सीएमसीले सामान किनेका वा काममा लगाएका स्थानीय ठेकेदार र भेण्डरहरुको डेढ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

केही समय अघि खानेपानी मन्त्रालयले सीएमसीले तिर्नुपर्ने ठेकेदार र भेण्डरको पैसा आफूले तिर्ने र त्यसका लागि राजनीतिक सहमति खोजेको बताएको थियो । आयोजनाको सुरुङ फिनिसिङको काम बाँकी छ भने बाँध निर्माण शुरु नै हुन सकेको छैन ।

हरेक सरकारले आयोजना एक वर्षभित्रै सकिने बताएर जनतालाई ढाँट्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here