ईयरफोनमा गीत सुन्ने बानीले १ अर्ब भन्दा धेरै मानिसमा कानको समस्या !

काठमाडौं । धेरैजसो मानिसहरुको बानी कानमा ईयरफोन लगाएर आफूलाई मनपर्ने गीत घन्टौंसम्म सुन्ने हुन्छ ।

गीत सुन्दा धेरैले भोलुम पनि ठूलो लगाउने गर्छन् । तर, यस्तो बानीले हाम्रो कानमा समस्या निम्त्याउन सक्ने देखिएको छ ।

संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनका अनुसार कानमा ईयरफोन लगाएर गीत सुन्दा हाम्रो श्रवणशक्तिलाई धेरै असर गर्ने गर्दछ ।

उक्त अध्ययनमा संलग्न अमेरिकाका एक विशेषज्ञका अनुसार स्मार्ट फोनमा ठूलो साउन्डमा गीत सुन्ने बानीको कारण विश्वभरका करिब एक अर्ब भन्दा धेरै मानिसहरु कान कम सुन्ने समस्याको खतरामा रहेका छन् ।

अमेरिकामा यो समस्याहरुबाट बच्नको लागि नयाँ दिशानिर्देश गरिएको छ । ठूलो ध्वनी र यसबाट निम्तन सक्ने समस्याहरु जस्तै ‘टिनिटस’ जस्ता समस्याहरुबाट बच्नको लागि मानिसहरुलाई आफ्नो धेरैजसो समय आफ्नो काममा नै ध्यान केन्द्रित गर्न भनिएको छ ।

ती विशेषज्ञ भन्छन् ‘एक अर्बभन्दा धेरै मानिसहरु कान कम सुन्ने समस्याहरुको नजिक छन्, त्यो पनि उनीहरुलाई सबैभन्दा धेरै मन पर्ने कुरा कानमा ईयरफोन लगाएर गीत सुन्ने बानीका कारण ।’

धेरै मानिसमा कान कम सुन्ने समस्याहरु बढ्दै गएको बिषयमा विश्व स्वास्थ्य संगठनले समेत अध्ययन गरिरहेको बताएको छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here