किन न्यूनतम मूल्यबाट शुरु भयो प्रभु र चन्द्रागिरीको कारोबार, ‘निफ्रा’ को कतिमा होला ?

काठमाडौं । पछिल्लो समय बजारमा आएको दुई नाम चलेका कम्पनीका आइपीओको दोस्रो बजारमा कारोबार न्यूनतम मूल्यबाट शुरु भएको छ । लगानीकर्ताले अपेक्षा गरे अनुरुप धेरै कम मूल्यमा कारोबार शुरु भएको हो ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको १३७ रुपैयाँबाट र चन्द्रागिरि हिल्सको १६१ रुपैयाँबाट दोस्रो बजारमा कारोबार शुरु भएको हो । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पहिलो कारोबारको लागि १०९.५६ पैसा देखि ३२८.६८ पैसा सम्मको रेन्ज तोकि दिएको थियो।

कम्पनीको पहिलो कारोबार नेप्सेले तोकिदिएको अधिकतम रेन्जमा पनि पाँच प्रतिशत बढाएर कारोबार गर्न सकिन्थ्यो। तोकिएको रेन्जको अधिकतम मूल्यमा पाँच प्रतिशत मूल्य बढाएर कारोबार गरेको भए कम्पनीको पहिलो कारोबार नै ३४५.११ पैसा बाट सुरु हुने थियो।

यस अघि प्राथमिक निष्कासनबाट आएका कुनै पनि सेयरको सबैभन्दा बढी मूल्यबाट सुरु गर्ने ट्रेन्ड रहेको थियो । पछिल्लो समय लगानीकर्ताले बजार बढाउने नयाँ-नयाँ उपाय अपनाउन थालिएको चर्चा छ ।

बजार विष्लेषकको अनुसार लगातार सर्किट लगाउनको लागि यस्तो उपय अपनाइएको दाबी छ । प्रभुको सेयर मुल्यमा केहिदिनसम्म लगातार सर्किट लागेर १०१६ रुपैयाँमा पुगेको थियो ।

त्यसपछि निरन्तर घटी रहेको छ । खेलाडीहरुले बजार घटाएर फेरि किनेर नाफबुक गर्नको लागि यस्तो उपाय रच्दै आएका छन् । त्यस्तै मारमा परेको छ चन्द्रगिरि हिल्सको सेयर ।

आइतबारबाट कम्पनीको न्यूनतम मूल्यमा कारोबार सुरु गराएका छन्। नेप्सेले कम्पनीको रेन्ज ९६.६९ पैसा देखि २९०.०७ पैसा सम्म तोकेको थियो।

तर कम्पनीको पहिलो कारोबार भने १६१ रुपैयाँबाट सुरु गरिएको छ। जबकि कम्पनीको प्रति कित्ता मूल्य २९०.०७ पैसामा पाँच प्रतिशत बढी ३०४.५७ पैसा सम्ममा कारोबार गर्न सकिन्थ्यो। यसलाई पनि लगातार सर्किट लगाउने योजनामा खेलाडी छन्।

सोमबार १ बजेसम्ममा चन्द्रगिरिको सेयर मुल्य ६ रुपैयाँ बढेर १७० रुपैयाँ पुगेको छ । किन्नको लागि २० लाखको हाराहारीमा रहेका छन् भने बेच्नेको संख्या शून्य देखिएको छ ।

बजार बुल रनमा भएको बेलामा प्रायः सबै क्षेको कम्पनीको सेयर मूल्य बढ्ने भए पनि पछिल्लो समय सामान्य कम्पनीको तुलनामा अलि फरक खाले कम्पनीको सेयर मूल्य भने छुनै नसक्ने गरी बढेको छ । तर चलेका कम्पनीहरुको मूल्य सोचेअनुरुप नहुँदा बजारमा खेलाडीकै हालीमुहाली चल्ने गरेको आकंलन गर्न सकिन्छ ।

त्यस्तै इन्फ्रास्ट्रक्चर बैंकको सेयरपनि कम मूल्यमा नै कारोबार गर्ने योजनामा काम गरिरेहका छन्। इन्फ्रास्ट्रक्चरको प्रति सेयर नेटवर्थ ११७.६९ पैसा रहेको छ।

नेप्सेले उसको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य तोक्ने छ। जस आधारमा उसको कारोबार रेन्ज ११७.६९ पैसा देखि प्रति कित्ता मूल्य ३५३.०७ पैसा सम्म हुन्छ। तर दोस्रो बजारमा भने १५० रुपैयाँको हाराहारीमा कारोबार म्याच गराउने उनीहरूको योजना हो।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण सेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here