चन्द्रागिरी हिल्सको सेयर किन्नेको ओइरो, प्रतिकित्ता कति पुग्यो मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु गरेको चन्द्रागिरी हिल्सको आईपीओमा खरिदकर्ताको किन्नेको ठूलो लर्को देखिएको छ ।

बजारमा बिक्रीयोग्य सबै सेयर बिक्री भए पनि यो मागलाई धान्न मुस्किल नसक्ने अवस्था माग भएको छ । चन्द्रागिरी सेयरको कुल संख्या जम्मा १५ लाख ३४ हजार ९१ कित्ता मात्रै छ ।

तर, सोमबार १: ४५ सम्म बजारमा १८ लाख २२ हजार ६ सय ५ कित्ता सेयरको माग भएको छ । बिक्रेता भने एकजना पनि देखिएका छैनन् ।

प्रतिकित्ता १ सय ६१ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य अहिलेसम्म ६ रुपैयाँ बढ्दै प्रतिकित्ता १ सय ७० रुपैयाँ पुगेको छ ।

बजारमा माग गर्दैमा सेयरको खरिदबिक्री हुनैपर्छ भन्ने चाहिँ होइन । कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् ।

यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीको आइपीओमा कुल १२ लाख ११ हजार ११५ जनाले आवेदन दिएका थिए । सोमध्ये भाग्यमानी १ लाख ३९ हजार ६०२ जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १० लाख ७१ हजार ५१३ आवेदकको हात रित्तो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here