बजार पूँजीकरण साढे ३४ खर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति एकैदिन ५३ अर्ब वृद्धि

काठमाडौं, २६ माघ । सेयर बजारमा लगानीकर्ताको सम्पत्ति बढ्ने क्रम जारी छ । दुईदिन देखि नेप्सेले नयाँ रेकर्ड बनाउँदा लगानीकर्ताको सम्पत्ति बढेको हो ।

आइतबार दोहोरो रेकर्ड बनाएको सेयर बजारले सोमबार तेहोरो रेकर्ड बनाएको छ । त्यसदिन एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र हालसम्मकै धेरै बजार पूँजीकरणको रेकर्ड बनाएको छ ।

आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

बजार पूँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ५३ अर्बले बढेर साढे ३४ खर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

नेप्सेका अनुसार सोमबार सूचीकृत कम्पनीको बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ रुपैयाँ पुगेको छ ।

सोमबार कारोबारमा आएका २०६ कम्पनीमध्ये ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here