७ जलविद्युतसहित ११ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं, २६ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकैसाथ ७ जलविद्युत सहित ११ कम्पनीको कारोबार रोक्का गरेको छ ।

नेप्सेले सोमबार सूचना जारी गर्दै ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, दुई माइक्रोफाइनान्स र एक विकास बैंकको गरी ११ कम्पनीको कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

कारोबार रोक्का भएको ७ जलविद्युत कम्पनीमा नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथरपावर, राद्यी विद्युत, रैराङ र युनियन हाइड्रो रहेका छन् ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here