ग्रीनलाइफको आइपीओमा मागभन्दा ६ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, २६ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा १० लाख ७६ हजार ९१४ जना जनाले आवेदन दिएका छन् ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार ४: ३० बजेसम्म कम्पनीको आइपीओमा १ करोड ९५ लाख २० हजार ७० कित्ताका लागि आवेदन परेको छ ।

कुल १ अर्ब ९५ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ६ गुणा बढी आवेदन दिइसकेका छन् । यसमा मंगलबार (माघ २७ गते) सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले शुक्रबार (माघ २३ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here