सान्जेन र रसुवागढीको सेयरमा आवेदन दिनुभयो ? अब २ दिन मात्र बाँकी

क्लाउड रिर्पोटर

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले आवेदन दिने म्याद २ दिन मात्र बांकी छ । सञ्चय कोषका सञ्चयकर्ताले ती दुवै कम्पनीमा फागुन ११ देखि ३० गतेसम्म आवेदन दिन पाउँछन् ।

संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरूले भने चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन । दुवै कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले सेयर निष्कासन गरेका छन् ।

सान्जेनमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३ सय कित्तासम्म आवेदन दिन सक्छन । कर्मचारी सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्म सेयरमा आवेदन दिन पाउँछन ।

यसैगरी, रसुवागढीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म आवेदन दिन पाउँछन् ।

यसको अर्थ सञ्चयकर्ताले सान्जेनमा ५ हजारदेखि ३० हजार र रसुवागढीमा ५ देखि ५० हजार रुपैयाँसम्म सेयर हाल्न पाउँछन् । तर, कर्मचारी सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २ हजार ५ सय कित्तासम्म सेयरमा आवेदन दिन सक्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here