चन्द्रागिरी हिल्सको सेयर किन्नेको ओइरो, प्रतिकित्ता कति पुग्यो मूल्य ?

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु गरेको चन्द्रागिरी हिल्सको आईपीओमा खरिदकर्ताको किन्नेको ठूलो लर्को देखिएको छ ।

चन्द्रागिरी सेयरको कुल संख्या जम्मा १५ लाख ३४ हजार ९१ कित्ता मात्रै छ ।

तर, मंगलबार १२:१५ सम्म बजारमा ९ लाख ५१ हजार ८ सय १५ कित्ता सेयरको माग भएको छ । बिक्रेता भने एकजना पनि देखिएका छैनन् ।

प्रतिकित्ता १ सय ६१ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य अहिलेसम्म ३ रुपैयाँ बढ्दै प्रतिकित्ता १७६ रुपैयाँ पुगेको छ ।

बजारमा माग गर्दैमा सेयरको खरिदबिक्री हुनैपर्छ भन्ने चाहिँ होइन । कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् ।

यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here