प्रभु लाइफ सेयर मूल्य निरन्तर ओरालो, कति छ प्रतिकित्ता ?

काठमाडौं, २७ माघ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ओरालो लाग्नेक्रम रोकिएको छैन् । १३७ रुपैयाँबाट कारोबार शुरु भएको सेयर एकसाता भन्दा धेरैदिन पोजेटिभ सर्किट लागेर १०१६ रुपैयाँमा पुगेको थियो ।

त्यसदिनदेखि घट्न लागेको सेयरको मुल्य निरन्तर ओरालो लागि रहेको छ । मंगलबार १२:४५ बजेसम्म २२ रुपैयाँ घटेर ८३४ मा आइ पुगेको छ । दुईदिन नेप्से र कारोबार दुवैले रेकर्ड राख्दा पनि प्रभु लाइफको सेयर भने बढेन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पहिलो कारोबारको लागि १०९.५६ पैसा देखि ३२८.६८ पैसा सम्मको रेन्ज तोकि दिएको थियो।

कम्पनीको पहिलो कारोबार नेप्सेले तोकिदिएको अधिकतम रेन्जमा पनि पाँच प्रतिशत बढाएर कारोबार गर्न सकिन्थ्यो। तोकिएको रेन्जको अधिकतम मूल्यमा पाँच प्रतिशत मूल्य बढाएर कारोबार गरेको भए कम्पनीको पहिलो कारोबार नै ३४५.११ पैसा बाट सुरु हुने थियो।

यस अघि प्राथमिक निष्कासनबाट आएका कुनै पनि सेयरको सबैभन्दा बढी मूल्यबाट सुरु गर्ने ट्रेन्ड रहेको थियो । पछिल्लो समय लगानीकर्ताले बजार बढाउने नयाँ-नयाँ उपाय अपनाउन थालिएको चर्चा छ ।

बजार विष्लेषकको अनुसार लगातार सर्किट लगाउनको लागि यस्तो उपय अपनाइएको दाबी छ । त्यसपछि निरन्तर घटी रहेको छ । खेलाडीहरुले बजार घटाएर फेरि किनेर नाफबुक गर्नको लागि यस्तो उपाय रच्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here