दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार

काठमाडौं, २७ माघ । पछिल्ला दुई दिन लगातार नयाँ रेकर्ड कायम गरेको सेयर बजारमा दोहोरो अंकको घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा आइपुगेको हो ।

। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १९४ कम्पनीको ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ हजार ८५ हजार १९८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये विकास बैंक र फाइनान्स बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २००.०५ अंकले घटेको छ भने विकास बैंक १८.४५ अंकले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here