बजेटको आकार घट्यो, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान

काठमाडौं, २७ माघ । सरकारले बजेट आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको हो ।

चालू आर्थिक वर्ष २०७७/ ०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । जस अनुसार यस वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

यो कुल विनियोजित रकमको ९१.१९ प्रतिशत हो । यो निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो ।

संशोधित अनुमान अनुसार चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ(विनियोजित बजेटको ९६.४० प्रतिशत) पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ (विनियोजित बजेटको ८०.२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ (विनियोजित बजेटको ८५ प्रतिशत) हुने अनुमान छ ।

मन्त्रालयले राजस्व र आन्तरिक ऋणमार्फत १० खर्ब ७४ अर्ब, विदेशी अनुदानबाट ३५ अर्ब, वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब उठाइने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here