ग्रीनलाइफको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, २७ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा १३ लाख २६ हजार ७७ जना जनाले आवेदन दिएका छन् ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार मंगलबार ४: ३० बजेसम्म कम्पनीको आइपीओमा २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको हो । कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ७.३० गुणा बढी आवेदन दिइसकेका छन् । यसमा मंगलबार ५ बजे सम्म आवेदन दिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here