आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं २७ माघ । आन्तरिक राजश्व विगाभको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले विभागका महानिर्देशक विनोद कुँवरको कार्यकाल सकिएर विदा भएपछि रिक्त रहेको उक्त पदमा मैनालीलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले राजस्व अनुसन्धान विभागमा रहेका महानिर्देशक मैनालीलाई आन्तरिक राजस्व विभागमा नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको स्रोतले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । आन्तरिक राजश्व विभाग नै लामो समयदेखि नेतृत्व विहीन हुँदा सरकारको वार्षिक राजश्व लक्ष्य प्रभावित हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here