रुरु जलविद्युतको आइपीओ फागुन ७ देखि आउँदै

काठमाडौं । रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ७७ हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ जारी गर्ने भएको हो ।

नेपाल धितापत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गर्न लागेको हो ।

स्थानीयले कम्पनीको आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

स्थानीयलाई आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधरणका लागि भने २० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्ने छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here