पूर्वपश्चिम राजमार्ग चार लेनकाे बन्ने, सबै सडक कम्तीमा दुई लेन

काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा पूर्वपश्चिम राजमार्ग चार लेनकाे बनाउन १९ अर्ब १८ करोड विनियोजन गरेकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा मध्यपहाडी लोकमार्गका लागि १२ अर्ब २० करोड, हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेकाे बताए ।

त्यस्तै, काठमाडौं तराई फास्ट ट्र्याकका लागि १५ अर्ब १ करोड बजेट, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट बिनियाेजन गरिएकाे छ ।

डोल्पा सदरमुकाममा यसै वर्ष र हुम्लामा अर्को वर्ष सडक पुर्‍याइने सरकारले बताएकाे छ । त्यस्तै पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका लागि १९ अर्ब १८ करोड बिनियाेजन गरिएकाे छ ।

सरकारले बनाउने सबै सडक दुइ लेनकाे बनाउने पनि घाेषणा गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here