नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ।

बुधबार वीरगञ्जमा भएको कम्पनीको बार्षिक साधारणसभाले रिक्त रहेको पदमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गरेको हो ।

बिवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रमुख कार्यकारी पद रिक्त थियो। सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

समितिले एक महिनाभित्र कुनै जबाफ नदिए प्रसाई स्वत प्रमुख कार्यकारी हुने छन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here